काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट आज डिस्चार्ज भएका छन् । डिस्चार्ज भएसँगै कोइरालाले आफ्नो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमार्फत महामन्त्री कोइरालाले यस्तो लेखेका हुन् । उनले भनेका छन्,”मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु । जय नेपाल ।”




प्रतिक्रिया