१९औं अनसनको तेह्रौं दिन: कस्तो छ केसीको अवस्था?


काठमाडौं, असोन ११ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा केसीको शरीरमा क्यालसियम र म्याग्नेजियमको मात्रा घटेको छ । मांशपेशी र छाति दुख्ने, रिंगटा र झर्को लाग्ने तथा सुगरको मात्रा घट्दोक्रममा रहेको पाइएको छ ।

केसीका सहयोगी डा तोसीमा कार्कीले सोडियम, पोटासियम, क्यालसियम, म्याग्नेजियमजस्ता तत्व घट्दै गएको बताइन् । जनरल वार्डको एनेक्स वानअन्तर्गत ५०१ नम्बरको बेडमा केसीलाई राखिएको छ ।

डा केसीले १९औं अनसन सुरु गरेको शनिबारले १३ दिन बितिसकेको छ । जुम्लाबाट अनशन सुरु गरेका उनी गत साता मंगलबार काठमाडौं फर्किएका थिए ।

त्यस्तै, सोलिडारिटी फर डा। केसी अलायन्सले उनको जिवनरक्षा गर्न सरकारस“ग माग गरेको छ । सरकारले माग पूर्ति र जीवनरक्षा गर्न कुनै कदम नचालेको भन्दै अलाइन्सले आपत्ति जनाएको आजको राजधानी दैनिकमा खवर छ ।