दमककी एक वृद्धा महिलाको सङ्क्रमणबाट मृत्यु


१७ असोज: दमक– झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । यसअघि दमक–१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।-रासस