काँग्रेस महाधिवेशनः तीन जिल्लाले फाराम नै पुगेन


काठमाडौं, मंसिर २८। नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवरण जिल्लाबाट काँग्रेस केन्द्रीय कार्यालयमा आउन थालेका छन् तर तीनवटा जिल्लाले भने अझै क्रियाशील सदस्यको फाराम नै पाउन सकेका छैनन् ।

महाधिवेशनको कार्यतालिका अनुसार ७७ वटै जिल्ला कार्यसमितिले मङ्सिर मसान्तसम्म सबै क्रियाशील सदस्यको विवरण केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ । त्यसैगरी ७४ जिल्लाले फाराम लगेर काम सक्न लाग्दा पनि बारा, पर्सा र सिन्धुपाल्चोकले फाराम नै नपाएका छैनन् । गोरखापत्र दैनिकबाट