चरिबाघको छालासहित एक पक्राउ


काठमाडौं, २० पुस । संरक्षित वन्यजन्तु चरिबाघको छाला (ओखटेपहार)सहित एकजना पक्राउ परेका छन् । टोखा धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको २ थान छाला (ओखेटोपहार) सहित ताप्लेजुङ फुङ्लिन नगरपालिका–८ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई आइतबार केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरीले कमललाई उक्त चरिबाघको छाला अवैध रुपमा ओसार–पसार तथा किनबेच गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । कमललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाएको उक्त ब्यूरोले बताएको छ ।