मकवानपुरमा १३० के.जी. लागू औषध गाँजा बरामद, ८ जना पक्राउ


पुष २४, काठमाण्डौ । प्रहरीले मकवानपुरमा ४४ केजी गाँजासहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरु आज विहान करिब ४ बजे पक्राउ परेका हुन् ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गा.पा. वडा नं. ८ सिमपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनारामा लागु औषध गाँजा ४४ के.जी. सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं.२ बस्ने बर्ष २२ को सुजन प्रजा, सोही ठाउँ बस्ने अन्य सात जनाहरु बर्ष २५ को दिपक लामाबर्ष ५२ को कान्छाराम लामा, बर्ष ४५ को गोपाल चेपाङ्ग, बर्ष ३१ को रतन सिङ्गतान, बर्ष ३६ को उद्धास ब्लोन, बर्ष २५ को प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३४ को सिताराम सिङ्गतान रहेका छन् ।

साथै, हिजो राति ९ बजे मनहरी गा.पा. वडा नं. ६ स्थित रुपाचुरी जंगलबाट ८६ केजी गाँजा बरामद गरेको थियो । विशेष सुचनाका आधारमा प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गाँजा बरामद गरेको हो । प्रहरी आएको थाहा पाएपछि गाँजा कारोबारीहरु भागेको र उनीहरुको खोजी भइहरेको छ ।

Skip This

Omoda E5 Pro