प्रचण्ड र माधव नेपाल आज निर्वाचन आयोग जाँदै, कसले पाउला नेकपाको आधिकारिकता ?


काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आज पार्टी आधिकारिकता दाबी गर्नको लागि निर्वाचन आयोग जाने भएको छ। उक्त समूहका एक नेताकाअनुसार अहिले पेरिसडाँडामा सांसदहरु भेला भएका छन्। उनकाअनुसार आयोगको कार्यालयमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल आँफै जाने भएका छन् ।

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

नेकपा फुट जोगाउने थपलियाको चाहना, निर्वाचन आयोग ‘पर्ख र हेर’मा 

यी हुन् प्रचण्ड-माधव समूहको नेकपाले दाबी गरेको ९२ सांसद (सुचीसहित)

आयोगले नेकपाको आधिकारिकता कसलाई दिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् । तर, उसले अब नेकपाको दल विवाद समाधान गर्न विलम्ब नगर्ने तयारी गरेको छ । हिजोमात्रै पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको दल विवाद चाँडो निदान गर्न सुझाव दिएका थिए । आयोगले भने गत माघ ११ गते पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप कुनै निर्णय गरेको छैन् । File Photo/ReportersNepal