काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।
मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
भेटमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुङ्गिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । भेटमा के निष्कर्ष निस्कियो भन्ने विषय बाहिर आएको छैन ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुङ्गिएपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख ६ गते भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया