काठमाडौं, फागुन २२। शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ ।आयुर्वेदप्रतिको आस्था विश्वास हराए पनि पञ्चकर्म विधिले धेरै पुरानो रोग निको गरेको आयुर्वेदिक चिकित्सकको दाबी छ ।
शरीरलाई शुद्ध बनाउन र रोगव्याधीबाट थलिएकालाई पुनर्जीवन दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशक डा रामआधार यादवले बताए ।
डा यादवले पञ्चकर्म प्रक्रिया रोगी नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउने धारणा व्यक्त गरे ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका काय चिकित्सा डा सिर्जना श्रेष्ठले पञ्चकर्म विधिले बिरामीको पीडा कम गर्नुका साथै रोगीलाई पनि निको पारेको बताए ।
यो एक प्रकार आयुर्वेदिक विधि हो जसमा ‘शोधन’ नामक शुद्धीकरण प्रक्रियासँगसम्बन्धी चिकित्सा पद्धतिको एउटा भाग हो, उनले भने, यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीरभित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।
डा श्रेष्ठको अनुसार शुद्धीकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नुपर्छ । पञ्चकर्म एक व्यक्तिकृत उपचार हो डा श्रेष्ठले थपे, एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्रआवश्यक हुन्छ ।
पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो डा श्रेष्ठले थपे, यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ । खास गरी हाम्रो शरीरमा लाग्ने विभिन्न रोगका कारण हुने बाथ, पित्त र कफको दोष निवारणका लागि पञ्चकर्म विधि अपनाइने गरिन्छ ।
रोगी वा निरोगी हरेक व्यक्तिका लागि पञ्चकर्मको प्रक्रिया फरकफरक हुन सक्छ उहाँका अनुसार यो प्रक्रिया चिकित्सकले ती व्यक्तिको शारीरिक स्थिति, बल, उमेर, रोग प्रतिरोधक क्षमता, रोग आदिलाई हेरेर निर्धारण गर्छन् । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया