काठमाडौं, २४ फागुन । महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशीलाई अख्तियारले ११ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिने भन्दै रकम माग गरेको उजुरीको आधारमा का.म.न.पा. वडा नं. ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट अख्तियारले कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठले सेवाग्राहीबाट ११ लाख रुपैयाँ लिएर रेष्टुरेन्टका संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा रकमसहित दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।




प्रतिक्रिया