नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी


काठमाडौं, २९ फागुन । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय ढंगले केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खासेपछि नेपाल पक्ष आक्रोशित छ ।

नेपाल पक्षको बैठक भने नयाँ बानेश्वर, बुद्धनगरस्थित पार्टी प्यालेसमा सुरू भएको छ । ओली पक्षले गरेका कुनैपनि निर्णय नमान्ने नेपाल पक्षको भनाई आईसकेको छ । बरु, पेलेर अघि बढ्न खोजे केन्द्रदेखि स्थानीय तहसम्म समानन्तर कमिटी बनाउनेपनि नेपाल पक्षले चेतावनी दिएको छ । त्यस्तै, आगामी चैत्र पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने पनि नेपाल पक्षको हिजोको स्थायी कमिटी बैठकले निर्णय गरिसकेको छ ।