प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित्कालका लागि स्थगित्


काठमाडौं, १ चैत्र । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक अनिश्चित्का लागि स्थगित् भएको हो ।

मुख्यमन्त्री राईविरुद्ध गत फागुन ९ गते नै संसदमा अविश्वासको प्रस्ताव टेबुल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । प्रदेश नम्बर १ मा नेकपा एमाले बहुमतमा छ । File Photo/ReportersNepal