एजेन्सी, ३ चैत्र । बलिउड अभिनेता अक्षय कुमार ‘बच्चन पांडेको सुटिङ सके लगत्तै अर्को फिल्म ‘राम सेतु’ को सुटिङ सुरु गर्न अयोध्या जाने भएका छन् । १८ मार्चमा अयोध्यामा पुगेर रामको जन्मभुमिबाट फिल्म राम सेतुको मुर्हुत शट गर्ने भएका छन् ।
समाचार अनुसार फिल्मका निर्देशक अभिषेक शर्मा र क्रियटिभ प्रोड्युसर चन्द्रप्रकाश द्विवेदीको साथमा अक्षय कुमारको टोली अयोध्या जाने भएको छ । अक्षय हाल परिवारको साथमा छुट्टि मनाउन मालदिपमा छन् ।
फिल्मको ८० भाग सुटिङ बम्बईमा हुने निर्माण पक्षले जनाएको छ । फिल्म निर्माण पक्षले यो फिल्म वर्तमान र भविष्यको पुस्ताको विच पनि कडी हुने विश्वास गरेको छ । फिल्म २०२२ मा तिहारको अवसरमा रिलिज हुने बताइएको छ । उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेर अक्षय कुमारले सुटिङ गर्ने अनुमति मागेका थिए । विक्रम मल्होत्रा प्रोड्युसरको रुपमा रहेको यस फिल्ममा अक्षय कुमार हालसम्मकै नयाँ भुमिकामा देखिने भएका छन् ।




प्रतिक्रिया