माओवादीमा समस्या थिएन, एमालेमा हिजोपनि थियो आज प्रकट भए : गौतम


काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) मा पहिले पनि समस्या नभएको र अहिलेपनि नभएको स्पष्ट पारेका छन् । तर, नेकपा एमालेभित्र पहिले अन्तरविरोध नभएपनि समस्याहरु रहेको उनको भनाई छ । आफ्नो पक्षधरहरुको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले भने,‘एमालेमा पहिलेपनि समस्या थिए । समूहबद्धतता थिए । अहिले झन जटिल रुपमा ती समस्या प्रकट भए । र, फेरि एकता अभियानलाई काम नयाँ किसिमले आईपुग्यो । एकताको निम्ति मैले दुवै पक्षका मुख्य कमरेडहरुलाई भेटेर एकताको निम्ति प्रयत्न गरौं भनेको छु । हिजो विहान मैले प्रधानमन्त्रीलाई भेटेर तपाईले प्रयत्न गर्नुहोस भनेको थिएँ । तर, तपाईँको उचित प्रयत्न भएन भनेको थिएँ ।’