गोकुल बाँस्कोटाको ट्विट : ओलीको विकल्पमा होईन, ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौं


काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल पक्षले भोलि गर्ने भेलालाई नगर्नुपर्ने कामको संज्ञा दिएका छन् । तर, उनले नेपाल पक्षलाई नगर्नुपर्ने भेला गरेपनि नगर्नुपर्ने काम नगर्न सुझाव दिएका छन् । मंगलबार राति अवेर सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो लेखेका हुन् । उनले पार्टीमा अझैपनि सार्थक एकता सम्भव रहेको सम्भावना औंल्याएका छन् ।

उनले लेखेका छन् -“झण्डुबाम लगाएर आँशु पुछ्दै भनेको हैन ऐतिहासिक विरासत,वर्तमानको यथार्थ र भोली रचिदै गरेको गर्वलायक नेपालको भाष्यभित्र आजको एमाले खडा छ।तसर्थ ओलीको विकल्पमा हैन,ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौ।नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु(सार्थक एकता संभव छ।”