काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुषालले आफूहरुको भेला पार्टीको आधिकारिक भेला भएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको कमिटी समानान्तर कमिटी भएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको समापनमा सम्बोधन गर्दै भुषालले यस्तो बताएका हुन् ।
उनले भने,‘पार्टीमा हामी आधिकारिक हौं । उहाँहरु समानान्तर हो । हामी केपी ओलीको दम्भ र अहंकारविरुद्ध एकान्त भक्तिको साथ लड्छौं । हामी प्रतिगमनलाई उल्टाउँछौं । देशभरिका कमिटी सक्रिय बनाउँछौं । हामी पार्टीलाई जुटाउँछौं । यो पार्टी बचाएर अघि बढ्यौं भने ओली र ओलीवादको पराजय हुन्छ । नेकपा एमालेको एकता हुन्छ ।’ File Photo/ReportersNepal




प्रतिक्रिया