रियल सोसिडामाथि बार्सिलोनाको शानदार जीत, मेस्सीले बनाए कीर्तिमान


बार्सिलोना, ९ चैत्र । स्पानिस ला लिगामा बार्सिलोनाको विजयी भएको छ । बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को शानदार जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमान डेम्बेलेले समान एक/एक गोल गरेका हुन् ।

सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए । जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ अंक रहेको छ ।

यसैबीच यो खेलसँगै कप्तान मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन्। एजेन्सी