काठमाडौं, ९ चैत्र । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकले सत्ता समिकरण र भावी रणनीतिबारे छलफल गरिरहेको छ ।
बैठकमा काँग्रेसको आगामी महाधिवेशन, क्रियाशिल सदस्यको विवाद टुंगो लगाउने विषयमा पनि छलफल गरिरहेको बुझिएको छ ।
काँग्रेसभित्र पछिल्लो समय सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने कि केही समय पर्खने विषयमा विवाद छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका अलावा वर्तमान पदाधिकारी र पूर्व पदाधिकार सहभागी छन् ।




प्रतिक्रिया