आन्तरिक राजस्व विभागद्वारा कामना विकास बैंक सम्मानित


काठमाडौं, २० चैत्र । कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । बैंकलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७५/२०७६ आव मा करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको हो ।

बैंकको अनुसार राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेकोे हो ।

बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकलाई आ.व.२०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरेको थियो ।

राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पुर्याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला पुगेको बैंकले जनाएको छ ।

Skip This

Omoda E5 Pro