केपी ओलीको वितण्डलाई दुनियाँले हेरिरहेको छ : माधव नेपाल


काठमाडौं, २४ चैत्र । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अझै के के गर्न बाँकी रहेको भन्दै त्यो हेर्न बाँकी नै रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) आफ्नो पक्षको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

नेपाल-खनाल समूहद्वारा बागमतीमा समानान्तर कमिटी, अष्टलक्ष्मी शाक्य संयोजक

उनले भने,‘मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो, भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो, अहिले त घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गर्नुभयो, र ब्राकेटमा के लेखिएको छ भने तपाईहरु प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटाएको छैन, डरल थर्रथर्र काँप्छन् भनेको होला, प्रतिनिधिसभा त केपी ओलीले नचाहँदा नचाहँदैपनि सर्वोच्च अदालतले ब्यँुताईदिएकोले केही महिना सँगै बसेका छौं । अब चुताव छिटो हुन्छ भनिएको छ, अब हेर्न धेरै बाँकी छ । सिँगो देश र जनताले हेरिरहेका छन् ।’ नेता नेपालले केपी ओलीको वितण्डलाई देश दुनियाँले हेरिरहेको पनि टिप्पणी गरेका छन् । File Photo/ReportersNepal