काठमाडौं, ६ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले चुनाव गराएमा काँग्रेस समाप्त भएर जाने बताएका छन् । उनले ओलीलाई जतिसक्दो छिटो सरकारबाट हटाउनुपर्नेमा जोड दिए ।
‘यो सरकारले चुनाव गराए हामी धेरै समाप्त भएर जान्छौं,’ नेविसंघको ५२ औं स्थापना दिवसमा राजधानीमा आयोजित कार्यक्रममा डा. कोइरालाले भने,‘यो सरकारलाई अपदस्थ गर्नुपर्छ ।’
कोइरालाले काँग्रेस सभापति शेरबहादुर देउवाको नामै लिएर छिटो ओली सरकारलाई ढाल्न कदम चाल्न आग्रह गरे । उनले भने,‘फ्लोर क्रस गरेर आएमा हाम्रो नेतृत्वको सरकार बन्छ, फ्लोर क्रसिङ्ग हुने सम्भावना छ ।’




प्रतिक्रिया