सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङको राजिनामा स्वीकृत, कामु सिईओमा पोखरेल


काठमाडौं, ६ बैशाख । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले दिएको राजिनामा स्विकृत भएको छ । गुरूङले दिएको राजिनामालाई बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख १८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओ सुनिल कुमार पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले राजीनामा दिएसँगै कामु सीईओमा पोखरेल नियुक्त भएका हुन् ।