बुटवल, बैशाख १५ । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना उपचार गराई रहेका तीन जनाको आधा घण्टाकाबीचमा मृत्यु भएको छ। बुटवल ११ का ३१ वर्षीय पुरुष, बुटवल १४ का ६६ वर्षिय पुरुष र मायादेवी ६ का ७२ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरु मध्ये दुई जना ११ गते र एक जना ९ गते अस्पताल भर्ना भएका थिए।
आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ।




प्रतिक्रिया