काठमाडौं, १६ बैशाख । साताको अन्तिम कारोबारको दिन आज १३ उपसमुहका सुचक मध्ये होटल तथा पर्यटन र इन्भेष्टमेन्ट बाहेकका नेप्से सुचक बढेका छन् । आज सबैभन्दा बढी व्यापार उपसमुहको परिसुचक ३.४८ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार एनसीसी बैंकको भएको नेप्सेले जनाएको छ ।
बैंकको ३० करोड ७५ लाख भन्दा धेरैको कारोबार भएको छ भने प्रतिशेयर ३ सय ५२ रुपैयाँ मुल्य कायम भएको छ । त्यसैगरी शिवमको १८ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको १५ सय ९ रुपैयाँ प्रतिशेयर मुल्य आज कायम भएको छ ।





प्रतिक्रिया