लुम्बिनीका दुई स्वतन्त्र सांसदद्धारा मुख्यमन्त्री पोखरेललाई समर्थन रहेको स्पष्टोक्ति


काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदहरु धर्मवहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरु सूर्य चिन्हबाट निर्वाचित सांसद भएकोले एमाले संसदीय दलमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन् । आज संयुक्त हस्ताक्षरसहितको एक विज्ञप्ती जारी गर्दै उनीहरुले यस्तो स्पष्ट पारेका हुन् । श्रीवास्तव कपिलबस्तु २ ‘ख’ बाट निर्वाचित हुन भने शाही नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई नै रहेको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्री बनाउने विपक्षी सांसदहरुको हस्ताक्षरमा आफूहरुको हस्ताक्षर किर्ते गरि राखिएको उनीहरुको प्रष्टोक्ति छ ।