एजेन्सी, २० बैशाख । सनी लियोनीले बलिउड चलचित्र उद्योगमा अलग्गै पहिचान बनाएकी छन् । उनले आज एक भिडियोमार्फत बैवाहिक जीवन सुखद बनाउने टिप्स दिएकी हुन् ।
भिडियोमा सनीले पति डेनियल वेबरसँग मस्ती गरेको देखिन्छ । भिडियोमा उनले श्रीमान र श्रीमतीवीच खुलेर कुराकानी हुनु अति आवश्यक भएको बताएकी छिन् । उनले पति–पत्निले डेट नाइटको योजना बनाउनु पर्नेमा जोड दिएकी छन् । जोडीले सँगै खाना बनाउँदा सम्बन्ध बलियो हुने उनको धारणा छ । त्यसैगरी, सनीले एकले अर्कालाई हाँस्न, हसाउन र तारिफ गर्न पनि आवश्यक रहेको तर्क गरेकी छन् ।
सनी र डेनियल वेबरको विवाह २०११ मा भएको थियो । उनीहरुको २ सन्तान पनि छन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइंङ धेरै छन् ।




प्रतिक्रिया