काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हिजो नभेटेको स्पष्ट पारेका छन् । हिजो राति शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएकै बेला प्रधानमन्त्री ओली पनि मिसिएको र सहमति बनेको भन्ने समाचार आएपछि नेता नेपालको यस्तो प्रतिक्रिया आएको हो ।
माधव नेपालको दाबी : ‘ केपी ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्न आह्वान गर्दछौं’
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेपालले भने,‘केपी ओलीसँग कहाँको सहमति हुनु हिजो ? हाम्रो भेट त भएको छैन् ।’ उनले आफूहरु पूर्ववतः अडानमा यथावत रहेको पनि प्रतिक्रिया दिए । आफूहरुको बटमलाईनमा ओली सहमत भए सहमतिका साथ अघि बढ्न सकिने उनको भनाई छ । यता, नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत पनि आफू र अध्यक्ष ओलीबीच कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न आफू पक्षधर नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।




प्रतिक्रिया