कंगना रनोटलाई कोरोना संक्रमण


एजेन्सी, २५ वैशाख । बलिउड नायिका कंगना रनोटलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा कोरोना संक्रमणबारे खुलाएकी छिन् ।

कंगनाले आफूलाई क्वारेन्टाइनमा राखेको समेत इन्स्टाग्राममा लेखेकी छिन् । उनले थाकेको र कमजोर भएको अनुभव गरिरहेको उल्लेख गरेकी छिन् । आँखा केही दिनयता पोखेको भन्दै हिमाञ्चल जानसक्ने आशा गरेको समेत लेखेकी छिन् ।