खाद्यान्नमा दिदै आएको छुट बन्द


काठमाडौं, असार ८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञामा दिदै आएको खाद्यान्नमा छुट बन्द गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै खाद्यमा छुट नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको हो । यो आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो ।

उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिँदै आएकोमा मंगलबारदेखि छुट बन्द भएको साल्ट ट्रेडिङद्वारा जारी सुचनामा उल्लेख छ ।

Skip This

Omoda E5 Pro