‘मधेसी मोर्चाको अरू थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै छ’


जय प्रकाश गुप्ता : त्यस बेलाको मधेसी मोर्चा । महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महत्तो पशुपतिका एकापसमा आवद्ध तीन अनुहार जस्तै थिए । उनिहरूको सोच हुन्थ्यो, गलती गरौं तर एकतावद्ध रहेर गरौं । यसरी एकै ठाममा रहेर तिनीहरूले धेरै गलतीहरू गरे । अबोध र नेताहरूका प्रति भावातीत मधेसले कहिल्यै प्रश्न गर्दैन्थ्यो । मधेसी मोर्चाले एक्कासी प्रममा सुशील कोईरालालाई मत दिने निर्णय गर्यो । यो बडो अप्रत्याशित थियो । मलाई मन परेन । मैले साउनको १८ गते, २०७३ का दिन फेसबुकमा लेखेको थिए । आज संझिन्छु, समय बित्यो । तर, मधेसी नेताहरूको यात्रा कहाँ आई पुग्यो त ? मैले लेखेको थिए :

मधेसी मोर्चाले घोर अनैतिक, अतार्किक र जनता प्रति कृतध्न कार्य गरेका हुन ! मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यस तीन बुँदे समझदारीका बिषयहरू केलाउनु आवश्यक छैन । यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेसी जनता प्रतिको घोर कृतध्न कार्य हो । मेरो बिचारमा मोर्चाको यो कार्य तथा निर्णय मधेसीको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य हो । मोर्चाको यस कूकार्यले मधेस आन्दोलनमा शहीद भएका र घाईते एवं पिडीतहरूको भावनाको तेजोबध भएको छ । मोर्चाको यस दुष्कार्यका प्रति अफशोच व्यक्त गर्दछु ।

संविधान जलाउनु, संविधानको पुनर्लेखनको मांग गर्नु,  अनि सोही संविधानको अक्षरश: कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ प्रधानमंत्रीको उम्मेदवार भएका सुशील कोईरालालाई भोट हाल्नु, फेरी प्र.म. के.पी. ओली सरकारको बिरूद्ध अविश्वासको प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई वेवास्ता गरी अर्को सरकारको प्रधानमंत्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उस्को लागि मतदान गर्ने निर्णय गर्नुले नै स्पष्ट हुन्छ-कि मधेसी मोर्चा आजको दिनमा संसद भित्रको पतन्मुख सत्तापक्ष भएको छ । नैतिकताले र संसदीय आदर्शले यही नै भन्छ । यति हुदाँहुदै मधेसी मोर्चाले आफुलाई मधेसी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानी माथीको ओभानो भन्ठान्नु हो । अर्थात, सम्पूर्ण रूपमा आफुलाई नग्न बनाई सकेपछि पनि बस्त्र लागाएको ठान्नु सरह हो ।

मधेसी मोर्चाको अरू थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै छ, जो चाडै देखिने नै छ । मधेसी जनताले यी सब तथ्यहरूको सही मूल्यांकन गर्नै पर्ने हुन्छ । यसको बस्तुनिष्ठ मूल्यांकन गरी सहीबाटो अख्तियार गरे मात्र मधेसका मांगहरू पुरा गराउने दिशामा हामी अगाडी बढन सक्छौ; अन्यथा दासत्व हामीले खोजेकै बिषय एवं नियति मानिने छ ।

जय प्रकाश गुप्ता
साउन १८, २०७३

Skip This

Omoda E5 Pro