मंगला गाउँपालिकाका वडा अध्यक्षको निधन


काठमाडौं, साउन २४ । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोकाको निधन भएको छ। बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो।

उनी ०७४ मा भएको स्थानीय तह निर्वाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए। रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी परेका थिए।

Skip This

Omoda E5 Pro