खुल्ला चौरमा बालिकालाई जबरजस्ती गर्ने दुई युवक पक्राउ


सुर्खेत, ६ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका ७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशी शुक्रबार राति पक्राउ परेका हुन् ।

उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका १२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।