काठमाडौं, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बौल्दै ओलीले नेकपा (एकिकृत समाजवादी) का सांसद गैरसांसद रहेको आरोप लगाउदै सदन स्विकार नगर्ने बताएका हुन् ।
ओलीले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैनौ, हामी त्यसरी नियमावलीविपरित सदन चल्न दिँदैनौ ।’ उनले बैठकमा निर्वाचन आयोगप्रति पनि आक्रोस पोखेका थिए । कारवाही गरिएका सांसदलाई सनाखत गरेको समेत आरोप उनले लगाए । संसद अधिवेशन आज (बुधबार) ४ बजेदेखि सुरु हुँदैछ । तस्विरः मुकुन्द कालिकोट/रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया