काठमाडौं, १५ असोज । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् ।
सर्वोच्चले रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो । ४ जना पूर्व प्रधानन्यायाधीशरुले २४ पौष २०७७ मा संयुक्त विज्ञप्ति निकालेर अदालतमा विचाराधीन मुद्दामाथि टिप्पणी गरेका थिए । उनीहरुले ५ पौष २०७७ मा भएको प्रतिनिधि सभा विघटन असंवैधानिक भनी वक्तव्य निकालेका थिए ।




प्रतिक्रिया