राजकुमार लेखी एमाले प्रवेश गर्दै


काठमाडौं, १७ असोज । राजकुमार लेखी एमालेमा प्रवेश गर्ने भएका छन् । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री लेखीले तीन दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।

साविक जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका लेखीले विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गर्न लागेको बताएका छन् ।लेखीसँगैअरु नेता कार्यकर्ता पनि आजै एमालेको विधान महाधिवेशनस्थल गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दैछन् । file photo

Skip This

Omoda E5 Pro