‘पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले राजीनामा दिएँ’


काठमाडौं, असोज २४ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पद भन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले राजीनामा दिएको बताएका छन् । हमाल मन्त्री बनेपछि आलोचना भइरहेको थियो। असोज २२ गते मन्त्री बनेका हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्।

‘प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘हाल विभिन्न सञ्चार माध्यममा समाचार र कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।’

हमालले प्रधानमन्त्री देउवासामु राजीनामा बुझाएका थिए । हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन्।

Skip This

Omoda E5 Pro