१० बुँदे सहमति देशहितको लागि बजाइएको ११ तारे विगुल हो : भीम रावल


काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले १० बुँदे सहमति पार्टी एकता बचाएर देशहितका लािग बजाईएको ११तारे विगुल भएको बताएका छन् । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको रटान गरेर मात्रै नबस्न भनेपछि रावलको यस्तो प्रतिक्रिया आएको हो ।

रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ।सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।”

Skip This

Omoda E5 Pro