‘बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढ्यो’


एजेन्सी, ११ कात्तिक। ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको बताएकी छिन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्।

गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्नेसमेत बाइडेनले बताएका थिए।

बाइडेनको सो प्रतिक्रियापछि चीनले दैनिक ताइवानको लोकतन्त्रमाथि खतरा उत्पन्न गराइरहेको ताइवानका राष्ट्रपतिले सीएनएनसँग बताएकी छन्। ‘हामी चिनियाँ राष्ट्रपति सि जिङपिङसँग वार्ताका लागि खुला रह्यौ’ सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘तर चिनियाँ सेनाको बढ्दो गतिविधिपछि अमेरिकाले ताइवान स्ट्रेटको रक्षा गर्ने बताउँदा चीनले हाम्रो लोकतन्त्रमाथि दैनिक खतरा बढाइरहेको छ।’

ताइवानको टापुमा अमेरिकी सैन्य प्रशिक्षणको उपस्थिती रहेको समेत उनले प्रष्ट पारेकी छन्। साथै उनले ताइवानको समर्थनमा सहयोग गर्न जापान, अष्ट्रेलिया र दक्षिण कोरियालगायत लोकतान्त्रिक मुलुकसँग आह्वान गरेकी छिन्।-Photo: Agency

Skip This

Omoda E5 Pro