न्यायाधीशहरुले गरे फेरि इजलास बहिष्कार


काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । यसअघि हिजोबाट उनीहरु इजलासमा फर्किएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश जबराले आफूलाई एकल इजलास भने तोकेका थिएनन् । नेपाल बार एशोसिएसशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरेको छ । आज आन्दोलनको तेस्रो दिन हो । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने अधिवक्ता डा. दिनेश त्रिपाठीले बताईसकेका छन् । file photo