काठमाडौं, १९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्याण्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–२ अन्तर्गतको न्युजिल्याण्ड र नामिबियाबिचको खेल सारजाह क्रिकेट स्टेडियममा हुँदैछ । खेल दिउँसो ३ः४५ बजे सुरुहुनेछ ।
न्युजिल्याण्ड ३ खेलमा २ जित र १ हारसँगै ४ अंक सहित समुहको तेस्रो स्थानमा रहेको छ । यस्तै, नामिबियाले अहिलेसम्म एकमात्र जित निकाल्दै ५औं स्थानमा रहेको छ । आजको खेलमा न्युजिल्याण्ड बलियो देखिन्छ ।
यस्तै, आज हुने दोस्रो खेलमा भारत र स्कटल्याण्ड भिड्दैछन् । समुह २ अन्तरगतको खेल राति ७ः४५ बजे दुवई अन्तराष्ट्रिय स्टेडियमा हुनेछ । ३ खेलमा १ मात्र जित निकालेको भारतलाई सेमिफाइनलको यात्रामा अघि बढ्न आजको खेल जित्नैपर्ने दबाव रहेको छ । समुहको पुछारमा रहेको स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरि सकेको छ । file photo




प्रतिक्रिया