काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले १०९ सदस्यीय प्रदेश सभामा ५९ मत पाएका हुन् ।
बहुमत सदस्य विश्वासको मतको पक्षमा उभिएपछि सभामुख सानुकुमार श्रेष्ठले पाण्डेले विश्वासको मत प्राप्त गरेको जानकारी दिएका थिए ।
विश्वासको मतको पक्षमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एसका १३, जसपाका १ सांसदले मतदान गरेका थिए । विपक्षमा ४३ मत परेकोमा नेकपा एमालेको ४०, विवेकशील साझा पार्टीको ३ सांसद थिए । राप्रपाका सांसद अनुपस्थित रहे । नेमकिपा तटस्थ बस्यो ।-File Photo




प्रतिक्रिया