प्रदेश १ को प्रदेशसभा बैठक स्थगित्, मुख्यमन्त्री राईले भोलिमात्र विश्वासको मत लिने


काठमाडौँ, ३० कात्तिक। नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको प्रदेशसभा बैठक स्थगित् भएको छ ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अब मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने भएका छन् ।-File Photo