सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

मछिन्द्र र एनआरटीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताका विजेता टोलीले ७५ लाख प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख प्राप्त गर्ने जनाइएको छ ।