‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

अंक विहीन रहँदै तालिकाको पुछारमा रहेको छ च्यासल आज पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै ११ औं स्थानमा रहेको एपीएफ पनि आज पहिलो जितको खोजीमा रहेको छ ।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल ४ः४५ बजे सुरु हुनेछ ।

मनाङले लगातार दोस्रो जितको खोजीमा रहेको छ । मनाङ ३ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

साथै, पहिलो खेलमा संकटा विरुद्धको खेलमा अंक बाँडेको हिमालयन शेर्पा पनि आज पहिलो जितको खोजीमा हुनेछ । हिमालय शेर्पा ब्लबको १ अंक रहेको छ ।