कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश रसाइलीद्धारा उम्मेदवारी घोषणा


काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्नेही’ ले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका नेता ‘स्नेही’ ले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट आएका स्नेहीले १३औ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । स्नेहीले ७७ वटै जिल्ला पुगेर नेता र साथीहरुसँग छलफल गरी समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेर उम्मेदवारी घोषणा गरेको बताए । उनले आफुले सस्थापन इतरबाट उम्मेदवार दिने समेत स्पष्ट पारे ।