कांग्रेस गण्डकी प्रदेश सभापतिः ४६ मत गन्न बाँकी रहँदै शर्मा विजयी


काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी रहेको छ ।

पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना भएको छ। मतदानमा कुल ११४६ मत खसेको थियो।

प्रदेश सभापतिमा ११०० मत गणना हुँदासम्म पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले ५१० मत ल्याएका छन्।

Skip This

Omoda E5 Pro