राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाई


काठमाडौँ, १९ मङ्सिर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्। लिङ्देन निर्वाचित हुनसाथ निधिले बधाई सन्देश जारी गर्दै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका हुन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनु भएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाईका साथै शुभकामना दिन चाहन्छु,’ शुभकामना सन्देशमा निधिले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु।’ राप्रपाको यो महाधिवेशनले पुरानो नेतृत्वबाट नयाँ पुस्ता हस्तान्तरणको प्रक्रिया शुरु भएकोसमेत उपसभापति निधिले बताएका छन्।-File Photo

Skip This

Omoda E5 Pro