कांग्रेस महाधिवेशनस्थलमा प्रचण्ड र माधव पुगे, केहीबेरमा ओली पुग्ने


काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उद्घाटन हुनै लागेको छ । अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना आउने क्रम चलिरहेको छ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । अब केहीबेरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपनि पुग्ने जनाईएको छ।

Skip This

Omoda E5 Pro