काँग्रेस केन्द्रीय सदस्यमा को को अगाडि ?


काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । ८ सय मत गणना हुँदा डा. सशांक कोइराला सबैभन्दा बढी मत ल्याई अग्रस्थानमा छन् ।

सशांक सभापति शेरबहादुर देउवासहित प्रतिष्पर्धीहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा पहिलो नम्बरमै राखिएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँड दोस्रो र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो नम्बरमा छन् । रामहरि खतिवडा चौंथो नम्बरमा छन् ।

केन्द्रीय सदस्यमा १० स्थानमा रहेकाहरु
डा. सशांक कोइराला
बालकृष्ण खाँड
ज्ञानेन्द्रबहादुर कार्की
रामहरि खतिवडा
अर्जुननरसिंह केसी
रमेश लेखक
एनपी साउद
रामशरण महत
दिलेन्द्र बडु
बलबहादुर केसी

Skip This

Omoda E5 Pro