यी हुन् शिर्ष मत पाउने देउवा पक्षका केन्द्रीय सदस्य


काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मतगणना सकिन लागेको छ । ३ः३० सम्ममा २९९३ मतगणना भएको छ । डा.शशांक कोइराला २४४२ मतसहित अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा एनपी साउद छन्। देउवा पक्षका उनले १ हजार ८ सय ९६ मत ल्याएका छन्। तेस्रो स्थानमा देउवा पक्षकै नेता तथा गृह मन्त्री बालकृष्ण खाँड छन् उनले १८ सय ५१ मत प्राप्त गरेका छन् ।

शिष स्थानमा देउवा पक्षका धेरै नेताहरु रहेका छन् । रमेश लेखक, उदयशमशेर राणा, शंकर भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, गोपालमान श्रेष्ठ, जीतजङ्ग बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, सुनिलबहादुर थापा, जिप छिरिङ्गलामा, मोहनबहादुर बस्नेत, कुन्दनराज काफ्ले, पद्यनारायणनारायण चौधरीलगायतले शिर्ष मत प्राप्त गरेका छन् ।

 

Skip This

Omoda E5 Pro